ढाका / नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो। नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताउनुभएको छ । बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन्। कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन् ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ। नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ। एजेन्सी
नेपालको बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.08
152.68

European Euro
1
177.09
177.79

UK Pound Sterling
1
205.24
206.05

Swiss Franc
1
194.64
195.41

Australian Dollar
1
109.03
109.46

Canadian Dollar
1
110.10
110.54

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.57
9.61

Chinese Yuan
1
22.42
22.50

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.72
41.88

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.40
41.57

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.04
10.08

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.70
23.79

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.86
497.82

Bahrain Dinar
1
403.40
404.99

Omani Rial
1
395.01
396.57












