भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ९ संगमटोलमा श्रीमद्भागवत महापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञको तयारी तीव्र रुपमा भइरहेको छ ।
माघ १५ गतेदेखि २३ गतेसम्म चल्ने महायज्ञ ब्राह्मण समाज नेपाल चितवनको आयोजनामा हुने मूल समितिका संयोजक टंकनाथ पौडेलले बताए ।
समाजमा हराउँदै गएको हिन्दू धर्मको ज्ञान र दर्शनको बारेमा आम नागरिकलाई जानकारी गराउने, सामाजिक जागरण ल्याउने, जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्ने, गरिब असहाय एवम् ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्षयकोष स्थापना गर्ने, पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मिक प्रर्वचनको व्यवस्था गर्ने उद्देश्यका साथ महायज्ञ हुन लागेको संयोजक पौडेलले जानकारी गराए ।
धार्मिक पुस्तकालय एवम् वाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गरिएको पौडेलको भनाइ छ ।
महायज्ञमा आचार्य बालकृष्ण अर्यालले कथा प्रवचन गर्ने र महायज्ञको तयारीस्वरुप महायज्ञ स्थल निर्माण, सरसफाइलगायतका काम भइरहेको महायज्ञका आर्थिक समितिका संयोजक राम वस्तीले बताए । त्यस्तै महायज्ञमा २१ हजार १११ रुपैयाँ दिएर भूमिदान गर्न सकिने समेत उनले बताए ।
ब्राह्मण समाजको भवन निर्माण हुने स्थानको दुई कठ्ठा १८ धुर जमिनलाई ६०१ टुक्रामा विभाजन गरेर भूमिदानको व्यवस्था गरिएको हो । महायज्ञ सुरु हुनु पूर्व नै ४० लाख रुपैयाँ संकलन भइसकेको आयोजकले जनाएको छ ।
संगमटोलमा महायज्ञको तयारी तिब्र
January 21, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
