March 16, 2025
- ADVERTISEMENT -

फुटसलको सेमी फाइनलमा चार टिम भिड्दै

January 28, 2020

भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुलमा जारी जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको क्वाटर फाइनल सकिएको छ । रजत महोत्सवको अवसरमा खेलाइएको फुटसलमा चारवटा टोली सेमिफाइनल पुगेको हो ।
उक्त प्रतियोगितामा आयोजक ग्रीनल्याण्ड पब्लिक स्कुल, सनराइज बोर्डिङ स्कुल, डेजी स्कुल र वाल्मिकी शिक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्रीनल्याण्डले अर्किड स्कुललाई ४–० ले पराजित गरी सेमिफाइनलमा स्थान बनाएको हो ।
त्यसैगरी सनराइजले होली भिजनलाई ३–१ तथा डेजीले डन एकेडेमीलाई ६–० को फराकिलो अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै नारायणी पब्लिकविरुद्ध १०–० को फराकिलो जित निकाल्दै वाल्मिकीले पनि सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलको फाइनल प्रवेशका लागि बुधवार ग्रीनल्याण्ड र सनराइज तथा डेजी र वाल्मिकी भिड्ने संयोजक कृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको बिजेताले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -