२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

रंगशाला निर्माणका लागि ३५ करोड

प्रकाशित मिति : २०७६ माघ २६ गते

रामपुर । रामपुरमा जारी धनधान्यान्चल महोत्सवमा आइतबारसम्म ३५ करोड संकलन भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ उक्त रकम संकलन भएको हो ।
आइतबार धनधान्यान्चल महोत्सवमा आज ५ करोड रकम उठेको छ, जसमा ३ करोड १२ लाख घोषणा भएको र बाँकी नगद प्राप्त भएको मूल आयोजक समिति संयोजक विजय सुवेदीले जानकारी दिए ।
आइतबार भरतपुर १० निवासी गोल्डमाइण्ड बिजनेस गु्रपका अध्यक्ष बामदेब गौलीले रंगशाला निर्माणका लागि एक करोड बराबरको जग्गा दान गरेको मूल आयोजक समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले बताए । गौलीले भरतपुर ११ जखडीमाईमा रहेको ८२ लाख बराबरको १८ धुर र रत्ननगरको शान्तिकुञ्जमा रहेको ४० लाख बराबरको १४ धुर जग्गा दान गरेका हुन् ।
यस्तै आइतबारनै विजय गु्रपले रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका २१ को १२ लाख ६८ हजार बराबरको १२ धुर जग्गा दान गरेको हो । गु्रपले भरतपुर २७ मा रहेको उक्त जग्गा दान गरेको हो । चितवनको कालिका नगरपालिकाले १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग घोषणा गरेको छ । नगरपालिकाका प्रमुख मेयर खुमनारायण श्रेष्ठले उक्त रकम घोषणा गरे । उता नेपाल अण्डा उत्पादक संघले १० लाख ११ हजार एक सय ११ तथा एपोलो पेन्ट्स भरतपुरले ७ लाख ५० हजार सहयोग घोषणा गरेको छ ।
आइतबार राप्ती नगरपालिका ३ का सुरेन्द्र पाठकले १५ लाख भरतपुरमहानगरपालिका २८ को वडाकार्यालयले १० लाख ८६ हजार ३ सय ९०, गोर्खाका रामगोपाल श्रेष्ठले ८ लाख, भरतपुर ११ का सागर श्रेष्ठले ६ लाख १६ हजार ६ सय ६६, भरतपुर २१ का बिजय बहादुर घलेले ६ लाख, लिटल फ्लावर स्कुल नारायणगढले ५ लाख ११ हजार एक सय ११, बोस्टन कलेज भरतपुरले ५ लाख, प्रेम कुमार र गोमादेवी श्रेष्ठले ५ लाख एक हजार एक सय ११, काठमाडौंकी शितल चन्द्र ढकालले ५ लाख ११ हजार एक सय ११, सोही स्थानका कृष्ण आचार्यले ५ लाख सहयोग गरेका छन् ।
सोमबार समापन गरिदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवको सोमबार समापन गरिने आयोजकले बताएको छ । धनधान्यान्चलको राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्तेले समापन गर्ने मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले बताए । धनधान्याचलको हिन्दू र बौद्ध संस्कृति अनुसार समापन गरिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20