२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

१ सय २ जना पत्रकारको स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते
- ADVERTISEMENT -

भरतपुर । राष्ट्रिय समाचार समितिले ५९औँ वार्षिकोत्सवमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
उक्त कार्यक्रमको प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गरेका थिए ।
सभापति पोख्रेलले सबै स्वतन्त्रता सामान्य स्वतन्त्रता भए तापनि प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको बताए ।
कार्यक्रमका सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको चेकजाँचमा झण्डै रु तीन लाख बराबरको परीक्षण खर्च रहेको जनाएको छ ।
रगत र पिसाबको नमूना परीक्षणपछि समस्या देखिएमा सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइने कुँवरले जानकारी दिए ।
उक्त अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -