भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक संघ लि. भरतपुरले तीनजना व्यक्तित्वहरुलाई शुक्रबार सम्मान गरेको छ । सम्मानित हुने व्यक्तित्वहरुमा चितवन जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष हरि पौडेल, वागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक नारायण श्रेष्ठ, राष्ट्रिय दुग्ध संस्थाका प्रमुख रुद्रप्रसाद पौडेल रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रामेश्वर पोखरेलले अहिले कोरोनाका कारण अन्तर्राष्ट्रिय संकट रहेकाले पहिले हामी बच्ने र अरु कुरा बचाउनु पर्ने बताए । राज्य पनि यो संकटकालीन समाधानको बाटो अपनाइ रहेको बेला हामी पनि आफ्नो ठाउँबाट अगाडि बढ्नु पर्ने बताए । संरचनात्मक त्रुटीहरु, बजारीकरणका त्रुटी, दुध बेच्ने किसानहरु पकडमा नआइसकेकोले सच्याउन जरुरी भएको उनले सुझाव दिए ।
कार्यक्रममा राज्यले किसानहरुलाई दुग्धमा नहेरेको वक्ताहरुले गुनासो गरे । दुधको मूल्यमा किसानहरु सदैव मार खेपिरहेको उनीहरुको भनाइ थियो । एक महिना अघि १ हजार ७ सय पर्ने चोकर अहिले १ हजार आठ सय परेको र त्यो पनि नपाइने अवस्थाले पशुपालनमा निकै समस्या भइसकेको किसानहरुले दुःख व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष रत्नमणि न्यौपानेको सभापतित्व सम्पन्न भएको थियो भने कार्यक्रम संचालन हरिप्रसाद पौडेलले गरेका थिए ।
- ADVERTISEMENT -

दुग्धमा राज्यबाट सधैँ पीडित – किसान
March 20, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
