भरतपुर । नेपाल सरकारले नेपालभर लकडाउन आह्वान गरेको आज बुधबार १६औं दिन भएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि उक्त लकडाउन गरिएको हो ।
सरकारले लकडाउनमा कहिँ कसैलाई केही अभाव हुन नदिन प्रदेश सरकार, स्थानीय सरकार तथा वडाहरुलगायत परिचालन गरेको बताए पनि दैनिक उपभोग्य खाद्यन्नलगायत अन्य वस्तु अभाव हुँदै गइरहेको स्थानीयहरुको गुनासो छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै अन्य विकल्प नभएकाले लकडाउन नै उत्तम उपाय भएकाले सबैले पालना गरी दिनका लागि आग्रह गरे । सम्बोधनमा प्रधानमन्त्री ओलीले अबको दुई साता चुनौतिपूर्ण रहेको बताएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मंगलबार ४ जना सहित ६२ सवारी साधनलाई कारवाही गरिएको छ । लकडाउनको समयमा विना काम हिँडेको भन्दै ४८ मोटरसाइकल, १२ स्कुटी, १ कार र १ म्याजिकलाई होल्ड कारबाही गरेर साँझ ८ बजेपछि क्रमैसँग छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि पनि लकडाउन उल्लघंन गरेको भन्दै विभिन्न सार्वजनिक सवारी साधन तथा मानिसहरुलाई नियन्त्रणमा लिई कारवाही गरिरहेको डिएसपी एकनारायण कोइरालाले बताए । नियन्त्रणमा लिइएका आवश्यक छानविन पश्चात सम्झाईबुझाई अति आवश्यक कामबाहेक लकडाउन अवधिभरि घर बाहिर नहिँड्ने शर्तमा छाडिएको डिएसपी कोइरालाको भनाइ थियो ।
त्यस्तै कोरोना भाइरस न्यूनीकरणका लागि भन्दै अति आवश्यकीय खाद्य वस्तु बिक्री वितरणको लागि बिहान ८ः०० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्ला गर्न आग्रह गर्दै आएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चितवन जिल्लाका मेडिकल पसल प्रशासनले खोल्न आग्रह गर्दा पनि लकडाउनका कारण छिटफुट रुपमा मात्र खुलेको छ । यसबाट प्रत्यक्ष असर जनमानसमा परिरहेको एक स्थानीयले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लकडाउनका कारण दैनिक उपभोग्य वस्तु अभाव, ४ जनासहित ६२ सवारी साधन कारवाहीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














