भरतपुर । नेपाल सरकारले नेपालभर लकडाउन आह्वान गरेको आज बुधबार १६औं दिन भएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि उक्त लकडाउन गरिएको हो ।
सरकारले लकडाउनमा कहिँ कसैलाई केही अभाव हुन नदिन प्रदेश सरकार, स्थानीय सरकार तथा वडाहरुलगायत परिचालन गरेको बताए पनि दैनिक उपभोग्य खाद्यन्नलगायत अन्य वस्तु अभाव हुँदै गइरहेको स्थानीयहरुको गुनासो छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै अन्य विकल्प नभएकाले लकडाउन नै उत्तम उपाय भएकाले सबैले पालना गरी दिनका लागि आग्रह गरे । सम्बोधनमा प्रधानमन्त्री ओलीले अबको दुई साता चुनौतिपूर्ण रहेको बताएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मंगलबार ४ जना सहित ६२ सवारी साधनलाई कारवाही गरिएको छ । लकडाउनको समयमा विना काम हिँडेको भन्दै ४८ मोटरसाइकल, १२ स्कुटी, १ कार र १ म्याजिकलाई होल्ड कारबाही गरेर साँझ ८ बजेपछि क्रमैसँग छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि पनि लकडाउन उल्लघंन गरेको भन्दै विभिन्न सार्वजनिक सवारी साधन तथा मानिसहरुलाई नियन्त्रणमा लिई कारवाही गरिरहेको डिएसपी एकनारायण कोइरालाले बताए । नियन्त्रणमा लिइएका आवश्यक छानविन पश्चात सम्झाईबुझाई अति आवश्यक कामबाहेक लकडाउन अवधिभरि घर बाहिर नहिँड्ने शर्तमा छाडिएको डिएसपी कोइरालाको भनाइ थियो ।
त्यस्तै कोरोना भाइरस न्यूनीकरणका लागि भन्दै अति आवश्यकीय खाद्य वस्तु बिक्री वितरणको लागि बिहान ८ः०० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्ला गर्न आग्रह गर्दै आएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चितवन जिल्लाका मेडिकल पसल प्रशासनले खोल्न आग्रह गर्दा पनि लकडाउनका कारण छिटफुट रुपमा मात्र खुलेको छ । यसबाट प्रत्यक्ष असर जनमानसमा परिरहेको एक स्थानीयले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लकडाउनका कारण दैनिक उपभोग्य वस्तु अभाव, ४ जनासहित ६२ सवारी साधन कारवाहीमा
April 8, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
