February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘कोरोना नियन्त्रणका लागि प्रतिपक्ष दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक’

April 10, 2020

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले बिहीबार इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सबै राजनीतिक दल रहेको संयन्त्र बनाउनुपर्ने जोड दिएका हुन् । उनले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताए ।
उनले भने ‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु,’ ‘सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ ।’
यस किसिमको संरचनाले जनतामा विश्वास पैदा हुने उनको भनाइ थियो । प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको उनले बताए । अरूको नेतृत्वमा होइन, प्रधानमन्त्रीकै नेतृत्वमा संरचना बनाउनु पर्नेमा उनले जोड दिए ।

- ADVERTISEMENT -