Opens in a new tab
२०८३ मंसिर ७, आईतवार
November 22, 2026
२०८३ मंसिर ७, आईतवार
November 22, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणी महोत्सवमा आज रविन, तारा र जादुगर गुन्द्रुकेको प्रस्तुति

प्रकाशित मिति : २०८३ मंसिर ७ गते

चितवन / नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा आज (आइतबार) राष्ट्रिय कलाकार रविन लामिछाने, तारा थापा र जादुगर गुन्द्रुकेले प्रस्तुति दिने भएका छन् ।

महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलका अनुसार आज तीनै कलाकारको विशेष प्रस्तुति रहनेछ । उनीहरूको प्रस्तुतिले महोत्सवमा सहभागी दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसँगै नारायणी कला मन्दिर नारायणगढका कलाकारको विविध सांस्कृतिक प्रस्तुति तथा आदिवासी जनजातिका मौलिक कला र संस्कृति झल्काउने कार्यक्रमसमेत दैनिक रूपमा सञ्चालन भइरहेका छन् ।

यस वर्ष महोत्सवमा मनोरञ्जन र अवलोकनका नयाँ आकर्षण थपिएका छन् । महोत्सव प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माण गरिएको छ भने नारायणी नदी र आसपासको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने हट एयर बेलुनको व्यवस्था गरिएको छ । आवश्यक अनुमति र सुरक्षा मापदण्ड पूरा गरेर बेलुन सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल तथा राइड सञ्चालनमा छन् । महोत्सवमा रहेका यी आकर्षणले दर्शकको ध्यान खिचिरहेका छन् ।

महोत्सव परिसरमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार राखिएका छन् । यसले स्थानीय व्यवसायी, उद्यमी तथा स्वरोजगारमा संलग्न व्यक्तिलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर दिने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय तह, सरकारी निकाय, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारी व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

आयोजक रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिले महोत्सवलाई मनोरञ्जनको कार्यक्रमका रूपमा मात्र नभई भरतपुरको पर्यटन, व्यापार तथा आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा अवसरका रूपमा लिएको जनाएको छ ।

महोत्सव अवलोकनका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, हरेक दिन साँझ ५ देखि राति ९ बजेसम्म विशेष कन्सर्ट सञ्चालन हुँदै आएको छ । कन्सर्ट जोनमा प्रवेश गर्न साधारणतर्फ ३०० रुपैयाँ र भिआइपीतर्फ ५०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

कन्सर्टमा सहभागी नहुने दर्शकले भने १०० रुपैयाँ र विद्यार्थीले ८० रुपैयाँको टिकटबाटै महोत्सव परिसर अवलोकन गर्न सक्नेछन् । आयोजकले महोत्सवमा सहभागी भई अवलोकन तथा मनोरञ्जन लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.41
163.07
UK Pound Sterling
1
193.96
194.75
Swiss Franc
1
175.88
176.60
Australian Dollar
1
98.55
98.95
Canadian Dollar
1
103.33
103.75
Singapore Dollar
1
114.77
115.24
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.29
40.45
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.06
11.11
Swedish Kroner
1
14.51
14.57
Danish Kroner
1
21.73
21.82
Hong Kong Dollar
1
18.88
18.96
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.29
393.88
Omani Rial
1
384.36
385.92