February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा २ सहित ३० पुग्यो कोरोना संक्रमित

April 17, 2020

भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा एकैदिन १४ जना संक्रमित देखिएका छन् । संक्रमितहरुमा उदयपुरका १२ जना र चितवनका दुई नेपाली रहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु उदयपुरका १२ जना मध्ये केही भारतीय रहेका छन् । संक्रमित चितवनका दुई जना एकै परिवारका आमा छोरा रहेका छन् ।
उनीहरुको बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पीसीआर गर्दा पनि पोजेटिभ देखिएको र बिहीबार नै काठमाडौं पठाइएको थियो । काठमाडौंमा पुनः परीक्षण गर्दा पोजेटिभ नै आएको हो ।
उनीहरु ६३ वर्षीया महिला र उनका २७ वर्षीया छोरा चैत ३ बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । अहिले उनीहरुको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । दुबैजनाको अवस्थामा सामान्य रहेको र कुनै पनि लक्षण देखिएको छैन ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेका छन् । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

- ADVERTISEMENT -