काठमाडौं । आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खुला हुने भएका छन् । सरकारले लकडाउनकै बीच उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।
यसअघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन वानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैङ्कहरूले अब भने सबै ठाउँका शाखाहरू खोल्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
उनका अनुसार बैङ्कका सम्पूर्ण शाखा खोल्न सबै बैङ्कलाई अनुरोध गरिसकिएको छ । केही साह्रै समस्यामा परेका शाखाहरू बाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।
मन्त्रिपरिषद् बैठकले बैङ्क तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारी मध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।
सरकारी निर्णयअनुसार नै एक तिहाइ कर्मचारी राखेर सेवा सुचारु गरिने उनले बताए । शाखा कार्यालयहरू खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरू भने अपनाइने बताए । उनका अनुसार एक पटकमा शाखा कार्यालयभित्र पाँच जनाभन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।
माक्स र स्यानिजाइजरसमेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए । ‘आइतबार अपवादबाहेकका सबै शाखाहरू कार्यालयहरू खोलेर सेवा दिनेछौं । तर, उच्च सुरक्षा सतर्कता अपनाउनु पर्नेछ’ अध्यक्ष दाहालले भने ।
- ADVERTISEMENT -

आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरूको सेवा सुचारु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











