May 18, 2024

फेरि थपियो ९ जना, भए ५१६ जना संक्रमित

May 22, 2020

काठमाडौं । नेपालमा शुक्रबार साँझ ९ थप जनामा कोरोना संक्रमण भएको पाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमित ५१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हेटौंडा–३ मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुर–९ की ४२ वर्षीया महिला, बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बारामा एकैचोटी ६ जनामा पुष्टि भएको छ । सिमरनगढ नगरपालिका निवासी २२ देखि ४५ वर्ष उमेर समूहका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
योसंगै आज शुक्रबार मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -