काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस पछिल्ला दिन नेपालमा संक्रमण हुनेको संख्या बढ्दै गएको छ । शनिबारै दोस्रो पटक ३६ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आज शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५८४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा संक्रमित भेटिएका हुन् । यस्तै सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण भएको पुष्टि भएको हो ।
हालसम्म कूल ४० जिल्लामा कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १७२, वाग्मती प्रदेशमा ३२ जना संक्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना संक्रमित भएका छन् ।
- ADVERTISEMENT -

शनिबारै दोस्रो पटक थप ३६, संक्रमित पुग्यो ५८४ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













