Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाँकेको नरैनापुर अनिश्चितकालीन निषेधाज्ञा

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
नरैनापुरमा कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि गाउँपालिकाले शनिबार नै जिल्ला प्रशासन कार्यालयमार्पmत प्रदेश नं ५ सरकार, संघीय सरकार र सरोकार निकायसँग सहयोग मागेको थियो । ‘क्वारेन्टिनबाट समुदायस्तरसम्म संक्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार तथा जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङ्कंक्रण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेका हौँ’, गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले भने । गाउँपालिकाको मागअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रजिअ खड्काले बताए ।
पछिल्लो तथ्यांकानुसार नरैनापुरमा ११४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये एकको मृत्यु भइसकेको छ । गाउँपालिकाको वडा नं ५ मा मात्र ६२ संक्रमित छन् । नरैनापुरमा १४ क्वारेन्टिनमा अहिले ६२६ जनालाई राखिएको जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार उनीहरुको अहिले नेपालगञ्ज, कोहलपुर र खजुरास्थित आइसोलेशन कक्षमा उपचार भइरहेको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80