काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा आइतबार थप १६६ जनामा संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या योसँगै १५६७ पुगेको छ । थपिएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला छन् । जसमध्ये पुरुष १४५० र महिला ११७ जना छन् ।
निको हुनेको संख्या २ सय २० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । यी मध्ये १ सय ७२ जना छन् भने ४८ जना महिला भएको समेत उनले जानकारी दिए ।
आइतबार थप एक जना संक्रमित निको भएर घर फर्किएसँगै यो संख्या २२० पुगेको हो ।
- ADVERTISEMENT -

संक्रमित १६६ थप, पुग्यो १५६७ जना
May 31, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
