May 18, 2024

सालकको खपडासहित ३ जना पक्राउ

June 5, 2020

हेटौंडा । दुर्लभ वन्यजन्तु सालकको खपडासहित ३ जना पक्राउ परेका छन् । मनहरि गाउँपालिका वडा नं. ७ मा ६५० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा कारोबार भइरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
प्रहरी अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३२ का लालसिं बोम्जन, मनहरि गाउँपालिका वडा नं. ७ का वर्ष ३९ का अबमिकल घलान र राप्ती नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५५ का बधुवा चौधरी रहेका छन् ।
पक्राउ परेका ३ जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरि पठाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -