पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
नयाँ संक्रमितहरुमा स्याङजाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना र नवलपरासी सुस्ता पूर्वका ४ जना रहेका छन् । अहिले सबै संक्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११३ पुगेको छ ।
- ADVERTISEMENT -