२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

चितवनका १७ सहित २३ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते

भरतपुर, चितवन । चितवनका १७ सहित २३ जना कोरोना संक्रमित पुष्टि भएको छ । उक्त २३ जना भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार र शनिबार संकलन गरिएको ३१० वटा स्वाबको परीक्षण गर्दा २३ जना कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । उनका अनुसार आज सोमबार संक्रमण पुष्टि भएका मध्ये दुई जना चितवनका चिकित्सक छन् ।
चितवनका कुल १७ जनामा संक्रमण देखिएको छ । जसमध्ये नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भरतपुर ३ का ६८ वर्षीय पुरुष, भरतपुर महानगरपालिकाको ६ र २१ नंं वडाको क्वारेन्टिनमा रहेका दुई महिला र दुई पुरुष गरी चार जना, भरतपुर–४ का २१ वषीय महिला, माडीको क्वारेन्टिनमा बसि रहेका मध्ये एक जना १४ वर्षीया किशोरी, ४६, २८, २४, ४१ र २० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचाररत दुई जना बिरामीमा पनि कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये एक जना २५ वर्षका पुरुष र ६६ वर्षका महिला छन् । यस्तै क्यान्सर अस्पतालको उपचाररत एक जना ६२ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा श्रीराम तिवारीले जानकारी दिए । ती महिलाको स्थायी ठेगाना भने सप्तरीको राजबिराज रहेको छ ।
यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा नवलपुर जिल्लाको ६३ वर्षीय महिला, ३३, ३९ २१ र ४० वर्षका पुरुष रहेका छन् । त्यस्तै धादिङको गजुरी–५ का ३२ वर्षको महिलामा पनि कोरोना पोजिटिभ पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96