२०८२ असार २५, बुधबार
July 9, 2025
२०८२ असार २५, बुधबार
July 9, 2025 Wednesday

चितवनमा थप सात सहित ३० जना कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते
Coronavirus economic impact concept image

चितवन । चितवनमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार साँझ आएको नतिजा अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा संक्रमण भेटिएको हो । संक्रमण देखिएका सबै क्वारेन्टिनमा बसेका छन् ।
महानगरपालिकाको वडा नम्बर ११, १९ र २० मा एक र एक जनामा संक्रमित फेला परेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । त्यस्तै वडा नम्बर २७ र २८ मा दुई र दुई जना संक्रमित फेला परेका छन । यसअघि २३ जनामा संक्रमणको पुष्टि भएको छ ।
चितवनमा सोमबार मात्रै नयाँ संक्रमितको संख्या ३० जना भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -