निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘डिस्टान्स लर्निङ फिचर’ सहितको शैक्षिक सफ्टवेयर (शिक्षा) संचालनमा

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ
भरतपुर, चितवन \ विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड १९)ले संसार नै आक्रान्त बन्दै गइरहेको छ । आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देशभर गरेको लकडाउनका कारण सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
शैक्षिक सत्रको साढे दुई महिना बितिसकेको अवस्थामा विद्यालय र विद्यार्थी बीचको दुरी बढ्दै गइरहेको छ । विद्यालय र विद्यार्थी बीचको शैक्षिक दुरी कम गराउनका निम्ति विगत केही दिनदेखि अनलाइन कक्षाहरु संचालनमा आउन थालेका छन् । नेपालकै जेठो, त्रिभुवन विश्वविद्यालयदेखि निजी विद्यालय तथा कलेजहरुले अनलाइन कक्षाहरु संचालन गर्न थालेका छन् ।यसैगरी विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा संचालन रहेको कसमस सफ्टवेयर प्रा.लि.द्वारा उत्पादित शिक्षा सफ्टवेयरमा पनि डिस्टान्स लर्निङ सुविधा थप गरिएको क्लिक सफ्टवेयर सोलुसनका प्रबन्ध निर्देशक जेवी थापा बताए ।
डिस्टान्स लर्निङका लागि शिक्षा सफ्टवेयरमा अनलाइन कक्षाका लागि अत्यन्त रुचाइएको जुम तथा गुगल मिटलाई समावेश गरी मोबाइल एप्लिकेशन ल्याइएको सोलुसनका प्रबन्ध निर्देशक थापाको भनाइ छ । बिहानी टेकको सहकार्यमा तयार गरिएको उक्त एपमा विद्यार्थीको एकाउन्ट, परीक्षा विवरण, गृहकार्य गर्न मिल्ने तथा चेक गरी सुझावसमेत दिन मिल्ने, जुम तथा गुगल मिटको माध्यमबाट अनलाइन कक्षा समेत लिन सकिने उनले बताए ।
चलाउन अत्यन्त सजिलो उक्त एपमा शैक्षिक क्यालेन्डर, विद्यार्थीको हाजिरी, यातायात व्यवस्थापन, विद्यालयबाट प्रकाशित सूचनाहरु समेत हेर्न तथा विद्यालय वा सम्बन्धित विषय शिक्षकसँग सम्पर्क गर्न मिल्ने सुविधाहरुसमेत रहेको उनले भने । झापा, मोरङ, सुनसरी, सिराहा, काठमाडौं उपत्यका, धादिङ, चितवन, नवलपरासी, कास्की, बाँके, बर्दिया, सल्यान, कंचनपुर लगायत देशका प्रमुख शहरहरुमा संचालनमा रहेको सो सफ्टवेयर चितवन र नवलपरासी जिल्लाका लागि क्लिक सफ्टवेयर सोलुसनले वितरण गर्दै आएको उनको भनाइ छ ।
शैक्षिक हब चितवनका प्रख्यात शैक्षिक संस्थाहरु, अर्किड, वाल्मिकी, लिटिल फ्लावर, स्काइराइडर, न्यू क्यापिटल कलेज, सुनगाभा कलेज, स्टेप बाइ स्टेप, गुरुकुल, आइरिस, सिद्धार्थ स्कुल (नवलपरासी), विश्वज्योति स्कुल (नवलपरासी), नवलपुर एकेडेमी (डण्डा र चोरमारा), लिटिल स्टेप (अरुणखोला), ब्लुमिङ बर्ड त्रिवेणी लगायत ४५० भन्दा बढीमा यो सफ्टवेयर प्रयोगमा रहेको उनले जानकारी गराए ।
यसका साथै यस संस्थाले सहकारी तथा अन्य व्यावसायिक सफ्टवेयरहरु पनि वितरण गर्दै आइरहेको छ । हालसम्म झण्डै १५० भन्दा बढी सहकारीहरुले यस संस्थाद्वारा वितरित सफ्टवेयर प्रयोग गरिरहेको उनले जिकिर गरे । सहकारीहरुमा समेत अत्याधुनिक बैंकिङ्ग सिस्टम सहितको मोबाइल एप्लिकेशन प्रयोगमा रहेको छ भने एसएमएस बैंकिङ्ग तथा क्लाउड सहितको शाखा संचालनको समेत सुविधा रहेको उनले थपे ।
भरतपुर, हाकिमचोकमा मुख्य कार्यालय रहेको यस संस्थाले भविष्यमा आफ्नो सफ्टवेयर अझ बढी सुविधाहरु थप गर्दै जाने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58