May 20, 2024

थप ३८०, संक्रमित ६५९१, निको ११५८ जना

June 16, 2020

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ३८० जनामा संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा थप ३८० जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार विभिन्न जिल्लामा थप ३८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको उनले बताए । उनले भने हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -