एजेन्सी । बेलायतमा कोभिड–१९ संक्रमणको गम्भीर समस्या रहेका एक तिहाई विरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् । मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा डेक्सामेथासोनको भूमिका बेलायतमा गम्भीर खालका कोरोनाभाइरस संक्रमित विरामीको उपचारमा वरदान नै बनेको उल्लेख गरिएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अन्वेषकहरूको टोलीले भनेको छ, ‘बेलायतमा प्रशस्त पाइने ‘स्टेरोइड डेक्सामेथासोन’ औषधिले गम्भीर प्रकृतिका संक्रमित दुई हजार व्यक्तिको जीवन बचाउन सफल भएको छ ।’
अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार मेसिनको सहायतामा कृतिम श्वास दिई उपचार गर्नु परेका कोभिड–१९ संक्रमित ३५ प्रतिशत विरामीको मृत्युलाई कम गरेको थियो भने अक्सिजन दिनु परेका विरामीमध्ये पाँचमा एक जनाको संक्रमणलाई निको पारेको थियो ।
उक्त रिपोर्टमा भनिएको छ, ‘डेक्सामेथासोनको दैनिक मात्राहरूले हरेक आठमा एक जना भेन्टिलेटरको प्रयोगमा पुगेका कोभिड–१९ विरामी र अक्सिजन दिएर राखिएका हरेक २५ सङ्क्रमित विरामीमध्ये एकलाई रोगसँगको लडाईंमा सफलता मिलेको थियो ।’ यो परीक्षण उपचार असम्भव देखिएका वा जटिल प्रकृतिका कोरोनाभाइरस संक्रमित करिब चार हजार विरामीलाई गरिएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयका नुफिल्ड चिकित्सा विभाग संक्रामक रोग विज्ञ प्राध्यापक पिटर होर्बीले भने, ‘डेक्सामेथासोन कोभिड–१९ सङ्क्रमित विरामीको स्वास्थ्य सुधार गर्न सफल पहिलो औषधि भएको छ । यो स्वागतयोग्य नतिजा भएको छ ।’ ‘डेक्सामेथासोन उपलब्ध औषधिमध्ये सस्तो र विश्वभर सहजरूपमा पाइने जटिल विरामीको स्वास्थ्यमा सुधार गर्न सफल औषधि हो,’ उनले भने ।
‘स्टेरोइड डेक्सामेथासोन’ बन्यो कोरोना संक्रमितको ज्यान बचाउने पहिलो औषधि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












