February 6, 2025
- ADVERTISEMENT -

वडा नं. १६ मा विदेशबाट आएका ३५ जना क्वारिन्टिनमा, ११ जनालाई पठाए घर

June 18, 2020

मंगलपुर, चितवन । विदेशबाट घर फिर्ता आएका ३५ जनालाई भरतपुर वडा नं. १६ ले क्वारिन्टिनमा राखेको छ । उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
भारतबाट सोमबार र मंगलबार गरी ६ जना र बुधबार एक जना महिला कलकत्ताबाट थप भएको वडा १६ का अध्यक्ष हमालले बताए । ती महिलालाई पुरानो गाविस भवनको क्वारिन्टिन राखिएको छ भने अन्यलाई वडा नं. १६ कै मातहतमा रहेको रेडक्रस भवन र चारपाते युवा समाज विजयनगरमा राखिएको छ । योसँगै क्वारिन्टिनमा बस्ने संख्या ३५ पुगेको हो ।
क्वारिन्टिनमा भएका मध्ये २ जनालाई आरडीटी टेष्ट नेगेटिभ आएको एक महिना बसाईपछि र बाँकी ९ जनालाई पिसिआर टेष्ट नेगेटिभ आएपछि १४ दिन पछि घर पठाइएको अध्यक्ष हमालले भने । योसँगै घर जानेमा ११ जना रहेका छन् । घर पठाइएकाहरुलाई पनि होम क्वारिन्टिनमा बस्न अध्यक्ष हमालले आग्रह गरेका छन् ।
वडा अध्यक्ष हमालका अनुसार पुरानो गाविस भवनमा महिला मात्र, रेडक्रस भवन र चारपाते युवा समाज विजयनगरमा पुरुषहरु राखिएका छन् । पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ ।
त्यसैगरी सोमबार ४ जना र मंगलबार २ जनाको पीसीआर नेगेटिभ आएको छ भने बिहीबार १२ जनाको पीसीआर परीक्षणको लागि पठाइने तयारी भएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -