May 20, 2024

थप ६७१, पुग्यो ७८४८ जना संक्रमित

June 18, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा ६७१ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितमध्ये एक हजार १ सय ८६ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय १९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
मन्त्तालयका अनुसार हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -