मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) :
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा मानमुटावले सताउनेछ । आर्थिक कारोवारमा बिवाद पनि आउला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अध्ययनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा, चोटपटकको भय छ सचेत रहनुहोला ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
आज परिश्रम गर्दा राम्रै धनार्जन हुनेछ । दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।
(ज्यो.प. नारायणप्रसाद दुलाल)