भरतपुर, चितवन । पाल्पाका ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका विभिन्न स्थानका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा परीक्षण गरिएको मध्ये एकैदिन यति धेरै जनाको रिपोर्ट पोजिटिभ आएको यो पहिलोपटक हो । बुधबार पाल्पाको मात्रै २३४ वटा नमुना परीक्षण गरिएको थियो ।
यस्तै चितवनका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर अस्पतालबाट १५, चितवन मेडिकल कलेजबाट ४, पुष्पाञ्जली हस्पिटलबाट २, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट २६, पुरानो मेडिकल कलेजबाट १६ वटा नमुनाको परीक्षण गरिएको थियो ।
अस्पतालका अनुसार बुधबार कुल २९७ वटा नमुना परीक्षण गरिएकोमा ९३ जनाको पोजिटिभ देखियो भने २०४ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको हो ।
- ADVERTISEMENT -
एकैदिन पाल्पामा ९३ जनामा भेटिए कोरोना संक्रमण
June 25, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -