February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर १६ का एक जनामा कोरोना पुष्टि

June 26, 2020

मंगलपुर, चितवन \ भरतपुर वडा नं. १६ का एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त संक्रमित पुरुषको स्वाब संकलन असार ८ गते भएको थियो भने दिल्लीको गुडगाउँबाट नेपाल आएको भरतपुर वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार असार २ गते आएका ती पुरुषलाई रेडक्रस भवनको क्वारिन्टिनमा राखिएको हो । संक्रमित पुरुष २१ वर्षका हुन् ।
उनले भने हाल वडा नं. १६ मा तीन वटा क्वारेन्टिन स्थल बनाइएको छ । पुरानो गाविस भवनमा महिला मात्र, रेडक्रस भवन र चारपाते युवा समाज विजयनगरमा पुरुषहरु राखिएका छनु । पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ ।
वडाले तयार पारेको क्वारिन्टिन र होम क्वारिन्टिन गरेर हाल १८ जना रहेका रहेका छन् भने अन्यलाई स्वास्थ्य परीक्षण पश्चात घर पठाइएको उनले बताए ।
यसअघि वडाको क्वारिन्टिनमा ३५ जनालाई राखिएको थियो । उनका अनुसार क्वारिन्टिनमा रहेका सबै भारतबाट आएका हुन् ।

- ADVERTISEMENT -