२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कसरा चेकपोष्टमा १० लाखको आधुनिक शौचालय

प्रकाशित मिति : २०७७ असार १६ गते

चितवन । चितवनको कसरा चेकपोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भरतपुरमा रहेको चितवन ग्रिन लायन्स क्लबले माडी ठोरी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो ।
करिब १० लाखको लागतमा निर्माण हुन लागेको शौचालयको आज मंगलबार शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशन ३२५ बि टु का सेकेण्ड भि.डी.जि. रामप्रसाद भट्ट, विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती एवम क्लबका संस्थापक अध्यक्ष भोजबहादुर खड्काले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
तीन महिनामा सम्पन्न गरी राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरीने कार्यक्रमका संयोजक एवम् क्लबका ईलेक्ट अध्यक्ष सुमन कोइरालाले बताए ।
आधुनिक शौचालयमा छुट्टाछुट्टै तीन वटा कोठामा, अपाङ्गमैत्री एक वटा, महिलाहरुको लागि तीन वटा र पुरुषको लागि चार वटा युरिनल र एक वटा ट्वाईलेट रहने छ । राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र निर्माण गर्न लागिएको बातावरण मैत्री उक्त आधुनिक शौचालयको भित्ताहरुमा बन्यजन्तु संरक्षण सम्बन्धी सुचनाहरुका लागि सुचनापाटी समेत राखिने क्लबका अध्यक्ष किशोर चन्द्र सापकोटाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भरतपुर हुँदै माडी जाने र माडीबाट भरतपुर आउने यात्रुहरुलाई राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सवारी इन्ट्री गर्दा रोकिनु पर्ने परिस्थिति हुँदा उक्त ठाउँँमा शौचालयको अत्यन्त आवश्यक रहेको अवस्थामा क्लबले निर्माण गर्न लागेको आधुनिक शौचालयको महत्व बिशेष रहने बताए ।
त्यस्तै स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आईरहेको यस क्लबले सार्वजनिक शौचालयको निर्माण सुरु गरेकोमा कार्यक्रमका प्रमुख अतीथि रामप्रसाद भट्टले खुशी व्यक्त गर्दै शुभकामना दिए ।
कार्यक्रममा निमित्त शिक्षा अधिकृत प्रक्रिति संरक्षण शिक्षालय कसराका प्रमुख सेनानी चक्र बहादुर शाह, बटुक दल गण कसरा ब्यारेकका प्रमुख सेनानी अरुण श्रेष्ठ, चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराई, ईलेक्ट चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित जोन चियर पर्सन एवम् क्लबका पुर्व अध्यक्ष माधव रेग्मी, समाजसेवी श्री प्रसाद दवाडी, क्लबका पुर्व अध्यक्षहरु लगायत क्लबका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09