May 21, 2024

पहिलो पटक भरतपुर १० देखियो कोरोना संक्रमित

July 6, 2020

भरतपुर / भरतपुर महानगरपालिका–१०, चितवनमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज आइतबार ३० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिए ।
ती पुरुषको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । संक्रमित पुरुष असार दोस्रो साता दुवईबाट नेपालमा आएका थिए ।
ती पुरुष होम क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गराएका थिए । भरतपुर–१० मा कोरोना देखिएको पहिलोपटक हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -