२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

भरतपुर–१६ का एकजनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ असार २५ गते
- ADVERTISEMENT -

चितवन । भरतपुर–१६ मा घरकै क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टमा भरतपुर–१६ का ३७ वर्षीय पुरुषमा कोरोना पोजिटिभ रहेको पुष्टि भएको हो ।
ती पुरुष कतारबाट आएर आफ्नै घरमा ‘होम क्वारेन्टिन’ बसिरहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
यहाँको प्रयोगशालामा बिहीबार १५९ जनाको स्वाब नमूना परीक्षण गरिएका थिए । बाँकी सबै नेगेटिभ आएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

- ADVERTISEMENT -