काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८ हजार ५८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ५१.१ प्रतिशत निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ३८ जनाले ज्यान गुमाईसकेका छन् ।
यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा। गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।
नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ९१६ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार ७८४ छ भने आइसोलेसनमा ८ हजार १७४ जना उपचाररत छन् ।
हाल मुलुकका २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ।
- ADVERTISEMENT -

संक्रमित थपिए ८२, डिस्चार्ज भए १४७ जना
July 12, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
