दाङ / दाङ हुँदै नेपालमा फेरि सलहको अर्को झुण्ड प्रवेश गरेको छ। बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
बिहान केहीबेर घाम लागेको बेला नेपालतर्फ प्रवेश गरेको सलहको झुण्ड दाङका स्थानीयबासीन्दाले धपाएपछि त्यहाँ नबसी प्युठान र स्याङ्जातर्फ अघि बढेको तर अहिले कहाँ पुगेका छन् भन्ने थाहा नभएको सुवेदीले बताउनुभयो ।
दुई पटक गरी प्रवेश गरेको झुण्डमा अनुमानित १०र१२ लाखको सङ्ख्यामा सलह किरा रहेको उहाँले बताउनुभयो । सलहले प्युठान, अर्घाखाँचीलगायतका अरु छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
आज आएका झुण्डको साथै थप झुण्डसमेत नेपाल आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा पनि सतर्कता अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।
- ADVERTISEMENT -

सलहका अर्को झुण्ड फेरि नेपाल प्रवेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











