गैंडाकोट / गैंडाकोट नगरपालिकाले आफ्नो नगरभित्र ७ दिनका लागि बन्दको घोषणा गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना प्रकाशित गरी साउन २ गतेदेखि ८ गतेसम्म नगर क्षेत्र बन्द गरिएको जनाएको छ ।
नगर प्रमुख छत्रराज पौडेलल नगरभित्र कोरोना फैलिनबाट जागाउन पूर्व तयारी स्वरुप एक हप्ताका लागि नगर क्षेत्र बन्द गरिएको बताउनु भयो ।
गैंडाकोट नगर क्षेत्रका पाँच जना सुरक्षाकर्मीसहित होम क्वारेन्टाईनमा रहेका १८ जनाको बिहीबार बिहान प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले समुदायमा कोरोना फैलिन सक्ने आशंकामा बन्द गरेको हो ।
अत्यावश्यक काम बाहेक कोही पनि घरबाट बाहिर नजान र जानै पर्ने भए माक्स लगाई सामाजिक दूरी कायम गर्दै सुरक्षित रुपमा काम गर्न नगरवासीलाई आग्रह गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।
पौडेलले कोरोना भाईरसको संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सबैले आआफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।
यसैगरी नगरपालिका क्षेत्रभित्रका बैंकहरुले स्वास्थ्य सुरक्षा अपनाई सामाजिक दूरी कायम गर्दै अति न्यून कर्मचारीको परिचालन गरी दैनिक कार्य सञ्चालन गर्ने र बैंक बाहेकका अन्य वित्तिय संस्था एवं सहकारी संस्थाहरु पूर्ण रुपमा बन्द रहने सूचनामा उल्लेख छ ।
बिरामी बोक्ने एम्बुलेन्स, दमकल, अत्यावश्यक कामका लागि स्वीकृत प्राप्त सवारी साधन बाहेक नगर क्षेत्रभित्र अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु संचालनमा पूर्ण रुपमा निषेध गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यद्वारा बिहीबार जारी सूचनामा दूध र दूधजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधि पसल बाहेकका अन्य सबै प्रकारका पसल तथा व्यवसायहरु पूर्ण रुपमा बन्द रहने उल्लेख छ ।
गैँडाकोट नगर क्षेत्र सिल, एकै दिनमा पाँच प्रहरी सहित १८ जनालाई कोरोना
July 16, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
