२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

गैँडाकोट नगर क्षेत्र सिल, एकै दिनमा पाँच प्रहरी सहित १८ जनालाई कोरोना

प्रकाशित मिति : २०७७ श्रावण १ गते

गैंडाकोट / गैंडाकोट नगरपालिकाले आफ्नो नगरभित्र ७ दिनका लागि बन्दको घोषणा गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना प्रकाशित गरी साउन २ गतेदेखि ८ गतेसम्म नगर क्षेत्र बन्द गरिएको जनाएको छ ।
नगर प्रमुख छत्रराज पौडेलल नगरभित्र कोरोना फैलिनबाट जागाउन पूर्व तयारी स्वरुप एक हप्ताका लागि नगर क्षेत्र बन्द गरिएको बताउनु भयो ।
गैंडाकोट नगर क्षेत्रका पाँच जना सुरक्षाकर्मीसहित होम क्वारेन्टाईनमा रहेका १८ जनाको बिहीबार बिहान प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले समुदायमा कोरोना फैलिन सक्ने आशंकामा बन्द गरेको हो ।
अत्यावश्यक काम बाहेक कोही पनि घरबाट बाहिर नजान र जानै पर्ने भए माक्स लगाई सामाजिक दूरी कायम गर्दै सुरक्षित रुपमा काम गर्न नगरवासीलाई आग्रह गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।
पौडेलले कोरोना भाईरसको संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सबैले आआफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।
यसैगरी नगरपालिका क्षेत्रभित्रका बैंकहरुले स्वास्थ्य सुरक्षा अपनाई सामाजिक दूरी कायम गर्दै अति न्यून कर्मचारीको परिचालन गरी दैनिक कार्य सञ्चालन गर्ने र बैंक बाहेकका अन्य वित्तिय संस्था एवं सहकारी संस्थाहरु पूर्ण रुपमा बन्द रहने सूचनामा उल्लेख छ ।
बिरामी बोक्ने एम्बुलेन्स, दमकल, अत्यावश्यक कामका लागि स्वीकृत प्राप्त सवारी साधन बाहेक नगर क्षेत्रभित्र अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु संचालनमा पूर्ण रुपमा निषेध गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यद्वारा बिहीबार जारी सूचनामा दूध र दूधजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधि पसल बाहेकका अन्य सबै प्रकारका पसल तथा व्यवसायहरु पूर्ण रुपमा बन्द रहने उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20