April 13, 2024

अवरुद्ध सडक एकतर्फी सुचारु

July 19, 2020

गोरखा / पहिरोका कारण अवरुद्ध बनेको आँवुखैरेनी गोरखा सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । विहान ७ गएको पहिरो तीनवटा जेसिभी प्रयोग गरेर ४ घण्टा पछि सडक एकतर्फी खुलाइएको हो ।
बाटो दुईतर्फी सञ्चालन गर्न आज दिन भरी लाग्ने प्रहरी अधिकारी मित्रलाल ढकाल बताउँछन् । आँवुखैरेनी गोरखा सडक खण्डको फड्के खोलामा पहिरो गएको थियो । उक्त स्थान आँबुखैरेनीबाट ८ किलोमिटरको दुरीमा गोरखा तर्फ पर्दछ ।

- ADVERTISEMENT -