March 19, 2025
- ADVERTISEMENT -

माछा मार्ने क्रममा खोलाले बगायो बोटेलाई

July 21, 2020
File photo.

चितवन / राप्ती नदीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक व्यक्ति बेपत्ता भएको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नम्वर ११ का अन्दाजी ३० बर्षका राजु बोटेलाई माछा मार्ने क्रममा राप्ती नदीले बगाएर बेपत्ता पारिएको वडा अध्यक्ष हकिम चौधरीले बताए ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बोटेलाई दिनको २ बजे नादीले बगाएको हो । बोटेलाई बगाए लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बोटेको खोजी कार्य गरेको छ । बेपत्ता बोटेको कुनै पत्ता लागेको छैन ।

- ADVERTISEMENT -