२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजबाट लकडाउनको विधिवत् अन्त्य : प्रवक्ता खतिवडा

प्रकाशित मिति : २०७७ श्रावण ७ गते
- ADVERTISEMENT -

काठमाडौँ । कोरोना महामारी रोकथामका लागि सरकारले चैत ११ देखि जारी गरेको लकडाउन आजबाट अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट आज मध्यरातिबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।
लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ । तर, सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ ।
यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो । पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -