२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

पहिरोले पुर्‍यो लिफ्टिङ खानेपानी आयोजना

प्रकाशित मिति : २०७७ श्रावण ७ गते

जलबिरे / चितवनको इच्छाकामना गाउँपालिका ६ मा निर्माणधिन कृषि सडकको कारण ढाला गाउँको लिफ्टिङ खानेपानी आयोजना पहिरोले पुरेको छ। निर्माणधिन जलबिरे-ढुङ्रे कृषि सडकबाट अविरल वर्षा संगै झरेको पहिरोले ३ लाखमा निर्माण गरेको लिफ्टिङ खानेपानी आयोजना पहिरोले पुरेको हो।
पहिरोले खानेपानी आयोजनाको मुख्य मेसिन नै पुरेको स्थानिय लोक बहादुर गुरुङले इच्छाकामना न्युजलाइ बताए। उनले दिएको जानकारी अनुसार ढाला थामडाडा गाउँका करिब २२ घर परिवारले पिउने गरेको उक्त खानेपानीमा पहिरोले क्षति पुर्‍याएपछि आकाशे पानीको भर पर्नु परेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -