२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

सेनाको कुटाइबाट चेपाङ युवकको मृत्यु

प्रकाशित मिति : २०७७ श्रावण १० गते

चितवन / चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो ।
उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृत्यु भैसकेको थियो । मृत्युको कारण सेनाको कुटपिट नै भएको परिवारको दाबी छ । राजकुमारका बुवा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका हुन् ।
सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको उनको भनाइ छ । राजकुमार बिरामी भएपछि गाउँकै मेडिकलबाट औषधि किनेर ल्याएर खुवाएको तर बचाउन नसकिएको बुवा विष्णुलालले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे जानकारी आएको बताए । यसबारे निकुञ्ज प्रशासनसँग बुझ्दा कुटपिटबाट मृत्यु भएको कुरा गलत भएको जानकारी आफूलाई गराएको प्रजिअ भट्टराईले बताए ।
चेपाङ युवकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । उनको अहिलेसम्म पोष्टमार्टम गरिएको छैन । घटना विवादित बन्न सक्ने देखिएकाले आवश्यक सल्लाह र निर्णयपछि मात्रै पोष्टमार्टम गरिने अस्पतालसम्वद्ध स्रोतले जनाएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले प्रहरीले घटनाको मुचुल्का उठाएर पोष्टमार्टम गर्नु नभनेकाले अहिलेसम्म शवको पोष्टमार्टम नगरिएको बताए ।
घोँगी र न्यूरो टिप्न जाँदा कुटिएका थिए राजकुमार
राजकुमार ब्ल्क फ्याक्ट्रीमा काम गर्थे । उनीसहित ७ जना गत साउन १ गते उद्योग बन्द भएकाले निकुञ्ज क्षेत्रमा न्यूरो र राप्ती नदी वरपर घोँगी खोज्न भन्दै गएका थिए । उनीहरुको समूहमा दुई जना महिलासमेत थिए ।
सेनाले निकुञ्ज क्षेत्रमा अबैध रुपमा कोही प्रवेश गरिरहेको देखेपछि उनीहरुलाई बोलाएर कुटपिट गरेको र सोही दिन छाडेको राजकुमारका साथी सन्तलाल प्रजाले बताए । सेनाले महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, गालीगलौज गर्ने, मुढा ओसार्न लगाउने जस्ता काम गराएको पीडितहरुले बताएका छन् ।
निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने निकुञ्जभित्रको ज्युँडी खोलामा घोँगी बटुल्दै गर्दा सेनाले नियन्त्रणमा लिए पनि कुटपिट भने नगरेको दाबी गरे । ‘हाम्रो काम कोही निकुञ्जमा अवैध रुपमा पसेमा तत्काल नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनमा बुझाउने हो,’ गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘महिनामा सेनाले चार–पाँच सय मान्छे समाउँछ के ती सबैलाई कुटेको छ त ? छुटेको यतिका दिनपछि यस्तो आरोप लगाउनु सरासर गलत र निराधार छ ।’                                         –खबर तरंगबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51