April 22, 2025

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

July 26, 2020
- ADVERTISEMENT -

काठमाण्डौं / आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाजुराको बुढिगंगा नगरपालिकामा ६५ वर्षका एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै १४ वर्षका छोरीलाई विगत पाँच वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको पीडित बालिकाले बयानका क्रममा सार्वजनिक गरेकी हुन् ।
१४ वर्षका छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बाबुले करणी गरेको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवम सुचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभयो ।
एक हप्ता पहिला ति बालिका स्थानीय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर जाँचमा पुगेपछि स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि मात्र घटना सार्वजनिक भएको हो ।
जवरजस्ती करणी गर्ने ६५ वर्षका पुरुषलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेर जबर्जस्ती करणी मुद्धा दर्ता गर्दै समयसीमा थप गरी अनुसन्धान अगाडि बढाएको सुचना अधिकारी रोकायाले बताउनुभयो ।
बालिका भने सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसको संरक्षणमा रहेका छन् । कक्षा ६ मा अध्ययनरत बालिका महिनावारी भएको एक वर्षमा मात्र भएको थियो ।

- ADVERTISEMENT -