Opens in a new tab
२०८३ मंसिर १०, बुधबार
November 25, 2026
२०८३ मंसिर १०, बुधबार
November 25, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ मंसिर १० गते
file photo.

अमेरिका । अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालकको ज्यान गएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

मंगलबार दिउँसो समुद्रमा खसेको सेस्ना सेन्टुरियन २१० विमानमा सवार सबैको शव फेला परेपछि खोजी तथा उद्धार कार्य समाप्त गरिएको हो । मिसिसिपी समुद्री स्रोत विभागका गोताखोरहरूले विमानको मुख्य भागभित्रै सबै शव फेला पारेका थिए ।

अमेरिकी कोस्ट गार्डका अनुसार मंगलबार दिउँसो करिब ३ः४५ बजे विमानसँग सम्पर्क विच्छेद भएको सूचना प्राप्त भएको थियो । संघीय उड्डयन प्रशासन (एफएए) ले विमानसँग सञ्चार सम्पर्क गुमेपछि कोस्ट गार्डलाई जानकारी गराएको थियो ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का अनुसार विमान लुइजियानाको न्यू ओरलिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ जाँदै थियो । उडान सुरु भएको करिब ३० मिनेटपछि मिसिसिपीको पास्कागुला क्षेत्रको दक्षिणमा करिब ८ हजार ८०० फिट उचाइमा रहेको विमान अचानक तीव्र गतिमा तल झरेको देखिएको थियो । त्यसपछि विमानको ट्र्याकिङ संकेत बन्द भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले गर्नेछ भने एफएएले पनि अनुसन्धानमा सहयोग गर्ने जनाएको छ ।

मिसिसिपीको बिलोक्सीबाट करिब १२ समुद्री माइल टाढा रहेको हर्न आइल्यान्ड निर्जन टापु हो । गल्फ आइल्यान्ड्स नेसनल सिसोरअन्तर्गत पर्ने यो टापु गर्मी मौसममा पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । दुर्घटना टापुको उत्तरपूर्वी समुद्री क्षेत्रमा भएको हो । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.16
162.82
UK Pound Sterling
1
193.82
194.60
Swiss Franc
1
176.38
177.09
Australian Dollar
1
98.33
98.72
Canadian Dollar
1
103.40
103.82
Singapore Dollar
1
114.91
115.38
Japanese Yen
10
9.30
9.34
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.87
Thai Baht
1
4.37
4.39
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
36.05
36.19
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
14.43
14.49
Danish Kroner
1
21.70
21.78
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
479.97
481.92
Bahrain Dinar
1
393.45
395.05
Omani Rial
1
385.34
386.90