चितवन । चितवन राष्टिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले निर्घात कुटपिट गरेका कारण मृत्यु भएका राजकुमार चेपाङ्गको अझै पोस्ट मार्टम हुन सकेको छैन । शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा पिडित परिवारलाई १ लाख उपलब्ध गराउने, परिवारलाई आवश्यक राहत तथा घर बनाइदिने सहमति भएसँगै शव बुझ्ने भनिएपनि आइतबार पिडित परिवारले थप बिरोध गरेपछि पोस्टमार्टम हुन नसकेको हो ।
आइतबार बागमती प्रदेशका सांसद सन्तबहादुर चेपाङ्ग, नेपाली काँग्रेस चितवनका सभापति जितनारयण श्रेष्ठ लगायतको अगुवाईमा पिडित परिवार जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । उनीहरुले १ लाख क्षतिपुर्तिमा शव नबुझ्ने र उचित क्षतिपुर्तिका साथै दोषीलाई कडा कारबाहिको माग गरेका छन ।
नेपाल चेपाङ्ग संघका पुर्व अध्यक्ष तथा संबिधान सभा सदस्य गोविन्दराम चेपाङ्गले धेरै दिनसम्म शवको पोस्टमार्टम हुन नसकेपछि अब पोस्टमार्टमका लागि शवलाई काठमडौ लैजानुपर्ने भएको बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले पोस्टमार्टमका लागि शवलाई काठमण्डौ लैजान पिडित परिवारलाई आग्रह गरेको उनको भनाई छ ।
मनावअधिकार आयोगलाई ध्यानाकर्षणपत्र
नेपाल आदिवासी जनजाति महासंघद्धारा राष्ट्यि मानवअधिकार आयोगलाई ध्यानकर्षणपत्र बुझाइएको छ । पत्रमा दोषीमाथि कडा कारबाहि र घटनाको सत्यतथ्य छानविन नभए कडा आन्दोलनमा उत्रने बताइएको छ ।
आयोगमा पत्र बुझाउन महासंघका अध्यक्ष जगत बराम लगायत पदाधिकारी पुगेका थिए । आयोगका अध्यक्ष अनुपराज शर्माले चितवनमा चेपाङ्गमाथि भएको घटना संवेदनशील रहेको र अनुसन्धान सुरु भइसकेको बताए ।
राप्ती नगरपालिका २ मिलनटोल चितवनको २४ बर्षिय राजकुमार चेपाङ्गको गत साउन ८ गते निधन भएको थियो । साउन १ गते निकुञ्ज क्षेत्रमा माछा साथीहरुसँगै माछा मार्न गएका चेपाङ्गलाई सेनाका जवानले कुटेका थिए ।
उनी एक सातासम्म बिरामी भई घरमै उपचार गर्दागर्दै गम्भीर बनेपछि अस्पताल लैजानेबितिकै चिकित्सकले मृत घोषणा गरेका थिए । चेपाङ्ग अति विपन्न परिवारका हुन ।
- ADVERTISEMENT -

मृतक चेपाङ्गको पोस्टमार्टम अझै हुन सकेन, जनजाति महासंघले बुझायो ध्यानाकर्षणपत्र

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












