२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

मृगौला पिडित कमलाले गरे सहयोगको अपिल

प्रकाशित मिति : २०७७ श्रावण १२ गते
फोटो: हल्कारो समाचार ।

चितवन / दुवै मृगौला फेल भएर उपचार गराउन चरम आर्थिक समस्या भएपछी भरतपुर महानगर ६ केशरबाग बस्दै आएकी कमला तामाङ्गले सहयोगको याचना गरेकी छन् ।
करिव ४ बर्ष देखि मृगौलामा समस्या देखिएर निरन्तर डायलिसिस गराउदै आएकी तामाङ्गले उपचारका लागी आवस्यक खर्च समेत नभएको बताएकी हुन्। “हप्तामा २ पटक डायलिसिस गर्नु पर्छ, १ पटक डायलिसिस गर्दा ४÷५ हजार खर्च हुन्छ, बन्दा बन्दीको कारण सवारी साधन नहुदाँ झनै खर्च बढेको छ ।” उनले भनिन, “घरको अवस्था निकै नाजुक छ ।
श्रीमानले विदेशमा बसेर कमाएको पैसाले जेनतेन उपचार गराइरहेकी छ ु। अहिले झन् समस्या थपिदै गयो।” कमलाका श्रीमान बिगत १ दशक देखि खाडी मुलुक मलेसियामा पसिना बगाउदै आइरहेका छन् । “४ बर्ष अगाडी छोरी जन्माएको १५ दिन पछि मृगौलामा समस्या भएको थाहा भयो ।
त्यसपछि चितवनको चितवन मेडिकल कलेजमा डायलिसिस गराउदै आएकी छु।” कमलाले गहभरि आशु बनाउदै भनिन, “श्रीमानले जसो तसो कमाएको पैसाले उपचार गराउदै आएकी थिए, कोरोनाले उहाँको काम पनि बन्द छ रे ! रोगी मान्छे भनेर हेला भएकी छु।” उनका श्रीमान कृष्ण तामाङ्ग सहित ४ दाजुभाई छन्। परिवारमा सासु ससुरा सहित जेठानी र उनि बस्दै आएकी छन्। उनकी ४ बर्षीय छोरी समेत छन् ।
भरतपुर ६ केशरबागको नवज्योति टोल सुकुमबासी बस्तीमा बस्दै आएकी कमलाले मृगौला डायलिसिस गर्न आर्थिक क्षमता नभएका कारण सहयोग गरिदिन आग्रह गरेकी हुन् ।
यसै बीच मृगौला पिडित कमला तामाङ्गलाई इजरायलबाट ५० हजार सहयोग भएको छ । इजरायलमा बैदेशिक रोजगार गर्दै आएकी भरतपुर ७ कृष्णपुरकी गायत्री गुरुङ्ग र भरतपुर ६ कि सावित्री अधिकारीको सक्रियतामा सहयोग प्राप्त भएको हो। सहयोग रकम भरतपुर ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले पिडित तामांङ्गलाई हस्तान्तरण गरे।
पिडित तामांङ्गलाई सहयोग गर्न मोबाइल नं ९८०६८७९९७२ मा सम्पर्क गर्न सक्नु हुनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10