चितवन / दुवै मृगौला फेल भएर उपचार गराउन चरम आर्थिक समस्या भएपछी भरतपुर महानगर ६ केशरबाग बस्दै आएकी कमला तामाङ्गले सहयोगको याचना गरेकी छन् ।
करिव ४ बर्ष देखि मृगौलामा समस्या देखिएर निरन्तर डायलिसिस गराउदै आएकी तामाङ्गले उपचारका लागी आवस्यक खर्च समेत नभएको बताएकी हुन्। “हप्तामा २ पटक डायलिसिस गर्नु पर्छ, १ पटक डायलिसिस गर्दा ४÷५ हजार खर्च हुन्छ, बन्दा बन्दीको कारण सवारी साधन नहुदाँ झनै खर्च बढेको छ ।” उनले भनिन, “घरको अवस्था निकै नाजुक छ ।
श्रीमानले विदेशमा बसेर कमाएको पैसाले जेनतेन उपचार गराइरहेकी छ ु। अहिले झन् समस्या थपिदै गयो।” कमलाका श्रीमान बिगत १ दशक देखि खाडी मुलुक मलेसियामा पसिना बगाउदै आइरहेका छन् । “४ बर्ष अगाडी छोरी जन्माएको १५ दिन पछि मृगौलामा समस्या भएको थाहा भयो ।
त्यसपछि चितवनको चितवन मेडिकल कलेजमा डायलिसिस गराउदै आएकी छु।” कमलाले गहभरि आशु बनाउदै भनिन, “श्रीमानले जसो तसो कमाएको पैसाले उपचार गराउदै आएकी थिए, कोरोनाले उहाँको काम पनि बन्द छ रे ! रोगी मान्छे भनेर हेला भएकी छु।” उनका श्रीमान कृष्ण तामाङ्ग सहित ४ दाजुभाई छन्। परिवारमा सासु ससुरा सहित जेठानी र उनि बस्दै आएकी छन्। उनकी ४ बर्षीय छोरी समेत छन् ।
भरतपुर ६ केशरबागको नवज्योति टोल सुकुमबासी बस्तीमा बस्दै आएकी कमलाले मृगौला डायलिसिस गर्न आर्थिक क्षमता नभएका कारण सहयोग गरिदिन आग्रह गरेकी हुन् ।
यसै बीच मृगौला पिडित कमला तामाङ्गलाई इजरायलबाट ५० हजार सहयोग भएको छ । इजरायलमा बैदेशिक रोजगार गर्दै आएकी भरतपुर ७ कृष्णपुरकी गायत्री गुरुङ्ग र भरतपुर ६ कि सावित्री अधिकारीको सक्रियतामा सहयोग प्राप्त भएको हो। सहयोग रकम भरतपुर ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले पिडित तामांङ्गलाई हस्तान्तरण गरे।
पिडित तामांङ्गलाई सहयोग गर्न मोबाइल नं ९८०६८७९९७२ मा सम्पर्क गर्न सक्नु हुनेछ।
मृगौला पिडित कमलाले गरे सहयोगको अपिल
July 27, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
