April 13, 2024

थप ३३८, पुग्यो २३ हजार बढी संक्रमित

August 10, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ४९३ पुगेको छ ।
थप १४० जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.७ प्रतिशत संक्रमित निको भएका छन् । मुलुकभर ६ हजार ७३८ सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ४ हजार आठ सय ३२ जनाको पिसीआर परीक्षण गरिएको छ ।

- ADVERTISEMENT -