चितवन / कोरोना सङ्क्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ । लकडाउन खुले पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उस्तै रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने दुई हजार २०० जनालाई कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार यही साउन १७ गतेदेखि सोमबारसम्म उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।
मास्क नलगाई हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई रु १०० देखि ५०० सम्म जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो । मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा रु १०० तथा विना मास्क सवारी चलाउने चालकलाई रु ५०० जरिवाना गरिएको छ ।
व्यक्तिको हकमा सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार रु १०० जरिवाना गरिएको उहाँले बताउनुभयो । सोही अनुसार उनीहरुबाट रु दुई लाख ३६ हजार राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको उहाँको भनाइ छ । लकडाउन खुकुलो भए पनि कोरोनाको सङ्क्रमण बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला भित्रने नाकाहरुमा जाँचलाई कडाइ गरिएको छ भने पैदलयात्रीलाई स्क्रिनिङ गरेरमात्र पठाउने गरिएको उहाँले बताउनुभयो ।
- ADVERTISEMENT -

मास्क विना ह्रिँँड्ने २२०० जनालाई प्रहरीले गरे कारबाही

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













