April 13, 2024

चितवनमा थप १२ सहित १६ जनामा कोरोना पुष्टि

August 14, 2020

चितवन / चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका थप १२ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर २, ४, ७, १० का क्रमश स् २३, ३०, २९, २० ३२, ३५, २३, २८ पुरुष र २५ बर्षिया एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै चितवनको राप्ती नगरपालिकाका वडा नम्बर ९ मा ३७ बर्षिया एक महिला रत्ननगर नगरपलिका वडा नम्बर १३ कि ६३ बर्षिया महिला र खैरहनी नगरपालिका वडा नम्बर ८ का एक जना २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि हो ।
यसैगरी नवलपुरका २८ बर्षिय पुरुष, सर्लाहीका ४५ बर्षिय पुरुष, मकवानपुरकी २२ बर्षिया महिला, तनहुँकी २२ बर्षिया महिला पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -