January 21, 2025
- ADVERTISEMENT -

नर्सलाई कोरोना देखिएपछि आकस्मिक सेवा शिल

August 14, 2020

चितवन / भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भए पछि आकस्मिक सेवा अनिश्चितकालिन बन्द गरिएको छ ।
अस्पतालद्वारा बिहिवार जारि सूचनामा राति ८ वजे देखि अर्को सूचना जारी नभए सम्मका लागि आकस्मिक सेवा वन्द गरिएको हो । अस्पताल प्रशासनद्वारा जारी बिज्ञप्तिमा भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।
अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत ती नर्समा संक्रमण देखिएको हो । अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि अहिले इमर्जेन्सी कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “इमर्जेन्सीमा कार्यरत नर्समा संक्रमण देखिएकोले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारीएको छ ।” आज चितवनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा सबै भरतपुर अस्पतालमा स्वाब दिएर घर फर्किएका व्यक्तिहरु हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -