January 24, 2025
- ADVERTISEMENT -

चितवनमा २८ जनामा देखिए कोरोना संक्रमण

August 16, 2020

चितवन / चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं.३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । यस्तै रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् ।
पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् । त्यसैगरि खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वारेन्टिनमा थिए ।
यस्तै भरतपुर अस्पतालबाठ स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले बताइन् । शनिबार राति कुल ४७४ नमुना परीक्षण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -