काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले पछिल्ला ४ वर्षमा करिब ५ अर्ब रुपैयाँ सञ्चित नाफा कमाएको छ। आर्थिक वर्ष २०७३/०७४ यता निरन्तर सफल हुँदै गएको प्राधिकरणले आव २०७६/०७७ सम्म ४ अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको हो। प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार आव २०७२/७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा थियो।
सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि पनि प्राधिकरण निरन्तर घाटामा थियो।
कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि नै प्राधिकरण घाटाबाट नाफाको अवस्थामा आएको हो। घिसिङ २०७२ देखि प्राधिकरणको कार्यकारी निर्देशक बनेका हुन्। उनको कार्यकाल अब करिब १ महिना बाँकी छ। प्राधिकरण गत आव ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ। आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवमा निरन्तर नाफामा छ। प्राधिकरणले आव २०७३/०७४ मा एक अर्ब ४७ करोड, आव २०७४/०७५मा २ अर्ब ८५ करोड र आव २०७५/०७६ मा ९ अर्ब ८१ करोड नाफा कमाएको थियो। दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ।
घिसिङकै कार्यकालमा प्राधिकरणको वित्तीय विवरण सकारात्मक बन्दै गइरहेको छ। अर्कोतिर दशकौंदेखिको लोडसेडिङ अन्त्य भएको छ।
- ADVERTISEMENT -

कुलमान आएपछि प्राधिकरण ५ अर्व नाफामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











