February 6, 2025
- ADVERTISEMENT -

नेपालमा थप ६८१, संक्रमित कुल २८ हजार ९३८ जना

August 19, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १७ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२० जना उपचारपछि डिस्चार्ज भएका छन् । ६१.२ प्रतिशत संक्रमित निको भएका छन् ।
मुलुकभर ११ हजार ११८ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा ११ हजार ५२२ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा १३ हजार ५७१ रहेका छन् । होम आइशोलेशनमा ३ हजार १३१ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -