चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा थप एक साताका लागि निषेधाज्ञा जारी राखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको विपद व्यवस्थापन समितिको वैठकले यसअघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राति १२ वजेबाट पुरै जिल्ला एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा साउन ३० गते मध्यरातदेखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो ।
स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराति सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरातसम्म लागु हुनेछ । भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना संक्रमित ३ सय ३ पुगेका छन् । जसमा महानगर १ सय ६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११ माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । जस मध्ये तीन जनाको मृत्यु भइसकेको छ ।
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Chitwan-Mahotsav-2081-scaled-1.jpg)
चितवनमा पुनः एक साता निषेधाज्ञा, माडीमा पनि लगाइयो
August 21, 2020
![](https://newsprabah.com/wp-content/uploads/2020/08/jilla-prasasan-karyalay-chitwan-3.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/online-matter.webp)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Hatti-Mahotsab-with-kalaka.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Prachanda.jpeg)
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/12-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/09/Central-college.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2021/01/S-P-Company.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
भर्खर
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/02/Surya-add.gif)